मुम्बईको तटमा ८५ जना चढेको डुङ्गा पल्टियो, उद्धार कार्यलाई तीव्रता दिन निर्देशन

मुम्बई । मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुङ्गा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारंजाको उरान नजिकै दुर्घटना […]

Dec 18, 2024 - 15:43
 0
मुम्बईको तटमा  ८५ जना चढेको डुङ्गा पल्टियो, उद्धार कार्यलाई तीव्रता दिन निर्देशन

मुम्बई । मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुङ्गा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारंजाको उरान नजिकै दुर्घटना भएको हो ।

दुई जनाको शव फेला परेको छ भने खोजी कार्य भारतीय कोस्ट गार्ड (आईसीजी) जहाजले गरिरहेको छ । “मुम्बईको तटमा डुङ्गा दुर्घटनामा ७७ जनाको उद्धार गरिएको छ भने दुई जनाको शव निकालिएको छ,” कोस्ट गार्डले जानकारी दिएको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) का अनुसार जहाजमा चालक दलका सदस्यसहित कुल ८५ यात्रु थिए । “पाँच जना बेपत्ता छन् । उद्धार गरी अस्पतालमा भर्ना गरिएका पाँच जनाको अवस्था गम्भीर छ । बाँकीको अवस्था स्थिर छ,” बीएमसी अधिकारीहरूले बताए ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भने,“हामीले एलिफन्टातर्फ गइरहेको नीलकमल डुङ्गा दुर्घटना भएको खबर प्राप्त गरेका छौं । नौसेना, तटरक्षक र प्रहरी टोलीबाट डुङ्गा तुरुन्तै सहायताको लागि पठाइएको छ । हामी जिल्ला प्रहरी प्रशासनसँग निरन्तर सम्पर्कमा छौं । अधिकांश यात्रुको उद्धार गरिएको छ । यद्यपी उद्धार कार्य जारी छ । सञ्चालनका लागि आवश्यक सबै स्रोत परिचालन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ ।”

यसैबीच, महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले अधिकारीहरूलाई भारतीय तटरक्षक र स्थानीय पुलिसद्वारा सुरु गरिएको उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register