मंगलबार ११.२४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनी १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको […]

Nov 12, 2024 - 09:47
 0
मंगलबार ११.२४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनी १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्बमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गुडवील फाइनान्सको भएको छ । यस कम्पनीको २९ करोड २८ लाख ६१ हजार २ सय ६.८० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, मंगलबारको बजारमा गुराँस लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register