एमालेले बुझ्न मानेन महानगरको १ लाख जरिवानाको पत्र, फर्किए टोली

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले लगेको १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ । एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिलेआफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने […]

Nov 24, 2024 - 08:47
 0
एमालेले बुझ्न मानेन महानगरको १ लाख जरिवानाको पत्र, फर्किए टोली

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले लगेको १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ ।

एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिलेआफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने दाबी गरे ।

एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले सभा आयोजना गरेको थियो । सडक र पेटीमा भएको फोहोर आफैँले सफा गरेको एमालेको दाबी छ ।

तर, फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो । सोबारे फेसबुकमा महानगरका मेयर बालेन्द्र शाले पोस्ट गरेका थिए । त्यसलाई एमालेले ‘स्टनबाज’ भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register