नेप्से ११ अंकले घट्यो, ७ अर्ब ८५ करोडको सेयर किनबेच

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ । यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ । आज ८० कम्पनीको सेयर मूल्य बढेको […]

Nov 12, 2024 - 09:47
 0
नेप्से ११ अंकले घट्यो, ७ अर्ब ८५ करोडको सेयर किनबेच

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ ।

यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये तीन वटाको मात्र समूहगत परिसूचक बढेको छ ।

मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register