स्वास्थ्यको लागि औषधीय गुणले भरिपूर्ण आकाशबेली

काठमाडौं । तपाईंले कुनै रूख बिरूवामा जेलिएको पहेँलो लहरा देख्नुभएको होला । तपाईंलाई लाग्न सक्छ कि यो सामान्य लहरा मात्र हो । तर, यसको आयुर्वेदमा यति धेरै महत्त्व छ कि तपाईं थाहा पाएर दंग पर्नुहुनेछ । आयुर्वेदमा धेरै यस्ता रूख–बिरूवा छन्, जसले स्वास्थ्यको लागि औषधिको रूपमा काम गर्छ । यीमध्ये आकाशबेलीको नाम पनि शीर्ष स्थानमा […]

Nov 12, 2024 - 11:23
 0
स्वास्थ्यको लागि औषधीय गुणले भरिपूर्ण आकाशबेली

काठमाडौं । तपाईंले कुनै रूख बिरूवामा जेलिएको पहेँलो लहरा देख्नुभएको होला । तपाईंलाई लाग्न सक्छ कि यो सामान्य लहरा मात्र हो । तर, यसको आयुर्वेदमा यति धेरै महत्त्व छ कि तपाईं थाहा पाएर दंग पर्नुहुनेछ ।

आयुर्वेदमा धेरै यस्ता रूख–बिरूवा छन्, जसले स्वास्थ्यको लागि औषधिको रूपमा काम गर्छ । यीमध्ये आकाशबेलीको नाम पनि शीर्ष स्थानमा आउँछ । धेरै पहिलादेखि आयुर्वेदले यसको प्रयोग औषधि बनाउनमा गर्दै आएका छन् ।

आकाशबेलीका स्वास्थ्य फाइदा

सम्पूर्ण पोषक तत्त्वहरूले भरिपूर्ण आकाशबेली पुरूषको स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । यसले पुरूषमा टेस्टोस्टेरोनको स्तर बढाउन मद्दत गर्छ, जसले प्रजनन क्षमता र मांसपेशीहरूको विकासमा सहयोग गर्छ । यसले यौन शक्ति बढाउन मद्दत गर्छ र नपुंसकताबाट बचाउनमा पनि प्रभावकारी हुन्छ । यसका साथै, यसले पुरूषलाई तनाव र थकानबाट राहत दिलाउन पनि मद्दत गर्छ ।

जन्डिसको उपचारको लागि

प्राचिनकालदेखि आकाशबेलीलाई जन्डिसको उपचार गर्न प्रयोग गरिन्छ । यसको रस जन्डिसको उपचार गर्न प्रयोग गरिन्छ । यसलाई जन्डिसको साथै दुखाइ, ट्युमर र छालाको संक्रमण जस्ता अन्य रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ ।

मुखको घाउ निको पार्छ

आकाशबेलीको प्रयोगले मुखको घाउ निको पार्दछ । आकाशबेलीमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी जस्ता धेरै गुण पाइन्छ, जसले मुखको घाउहरू निको पार्न मद्दत गर्छ ।

खराब कोलेस्ट्रोल नियन्त्रण 

शरीरमा बढ्दै गरेको खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्नमा पनि आकाशबेलीले महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा भएका औषधीय गुणहरूले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोललाई बनाउन मद्दत गर्छ । यसका साथै यसले रक्तचापलाई स्थिर राखेर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको नियमित प्रयोगले मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम हुन सक्छ ।

एनिमियाबाट बचाउँछ

औषधीय गुणहरूले भरिपूर्ण आकाशबेलीमा एनिमिया जस्तो खतरनाक रोगसँग लड्न मद्दत गर्छ । आकाशबेलीमा आइरन, क्याल्सियम, भिटामिन सी जस्ता तत्त्व पाइन्छ । जसले हेमोग्लोबिनको कमीलाई पूरा गरेर रगतलाई स्वस्थ राख्न मद्दत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register