कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ शुक्रबार, मुख्य प्रशिक्षकले खेलाडी छनोट गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ शुक्रबार हुने भएको छ । कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् । ‘कर्णाली याक्सले कर्णालीको प्रतिभावान खेलाडी शुक्रबार छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले भने, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं ।’ टोलीका सहमालिक गृहेन्द्र […]

Nov 13, 2024 - 07:23
 0
कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ शुक्रबार, मुख्य प्रशिक्षकले खेलाडी छनोट गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ शुक्रबार हुने भएको छ । कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् ।

‘कर्णाली याक्सले कर्णालीको प्रतिभावान खेलाडी शुक्रबार छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले भने, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं ।’

टोलीका सहमालिक गृहेन्द्र घिमिरेले ट्यालेन्ट हन्ट विरेन्द्रनगरको कर्णाली रंगशालामा हुने बताए ।

कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ ।

वेष्ट इन्डिजका च्याडविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।

नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register