एडभेन्चर कनेक्टमा नेपालको सहभागिता

काठमाडौं ।एटीटीए (एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन) ले गत बुधबार क्यानाडाको क्विन स्ट्रिटस्थित नुना किचन एण्ड बारमा आयोजना गरेको ‘एडभेन्चर कनेक्ट’ नामक विशेष कार्यक्रममा नेपालले पनि सहभागिता जनाएको छ । नेपाल र अन्य मुलुकका पर्यटन उद्योगी एव व्यवसायीका साथै क्यानाडाका ४० भन्दा बढी प्रमुख ट्राभल अपरेटर, मिडिया सदस्यहरू, र स्थानिय ट्राभल व्यवसायी समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको […]

Nov 14, 2024 - 14:34
 0
एडभेन्चर कनेक्टमा नेपालको सहभागिता

काठमाडौं ।
एटीटीए (एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन) ले गत बुधबार क्यानाडाको क्विन स्ट्रिटस्थित नुना किचन एण्ड बारमा आयोजना गरेको ‘एडभेन्चर कनेक्ट’ नामक विशेष कार्यक्रममा नेपालले पनि सहभागिता जनाएको छ ।

नेपाल र अन्य मुलुकका पर्यटन उद्योगी एव व्यवसायीका साथै क्यानाडाका ४० भन्दा बढी प्रमुख ट्राभल अपरेटर, मिडिया सदस्यहरू, र स्थानिय ट्राभल व्यवसायी समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ट्राभल व्यवसायीहरुबीच एकआपसमा सम्बन्ध निर्माण गर्न र नयाँ व्यवसायिक अवसरहरूको बारेमा छलफल भएको एभरेष्ट पायोनियर ट्रेकका संस्थापक सहदेव श्रेष्ठले बताए । उनले यस कार्यक्रमले आगामी वर्षहरूमा नेपालको पर्यटनको क्षेत्रलाई अझ वृद्धि र समृद्धि दिलाउने आशा व्यक्त गरे।


ट्राभल व्यवसायका बिभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूसँग एक आपसमा नेटवर्किङ र समन्वय गर्नका लागि आयोजित उक्त कार्यक्रममा एटीटीएका नर्थ अमेरिकाका जुलिया विलियम्स र पेरुका मार्विक गिलले पेरुको पर्यटन उद्योगको सम्भावनाका बारेमा जानकारी दिएका थिए। जुलिया विलियम्सले पेरुमा साहसिक पर्यटनको वृद्धि र आगामी वर्षमा हुने प्रमुख एडभेन्चर टुरिजम इवेन्टहरूको बारेमा जानकारी दिइन्। उनले पेरुमा ट्रेकिङ, एडभेन्चर स्पोर्ट्स, र सांस्कृतिक अनुभवहरूको लोकप्रियता बारे चर्चा गर्दै, पेरु र नेपालको पर्यटन गन्तव्यहरूको तुलना पनि गरेको श्रेष्ठले बताए ।


मार्विक गिलले पेरुका पर्यटन उद्योगका आगामी योजनाहरू र पर्यटनको बारेमा नयाँ दृष्टिकोणहरूको चर्चा गर्दै २०२५ मा हुने आगामी एटीटीए इभेन्ट्सको तयारीका बारेमा जानकारी दिए। त्यसैगरी एभरेष्ट पायोनियर ट्रेक नेपालका श्रेष्ठले नेपालका साहसिक यात्रा गन्तव्यहरू र त्यसको सांस्कृतिक र ऐतिहासिक धरोहरका बारेमा विस्तृत जानकारी दिएका थिए। उनले कार्यक्रममा आफूले नेपालको पर्यटन क्षेत्र निकै समृद्ध र विविधतापूर्ण भएको र यहाँ आउने पर्यटकले साहसिक यात्रासँगै ऐतिहासिक स्थल र समृद्ध संस्कृतिको अनौठो संगम अनुभव गर्न सक्ने जानकारी दिएको बताए ।


ूएडभेन्चर कनेक्टू कार्यक्रम एटीटीएद्वारा आयोजना गरिएको एक प्रमुख नेटवर्किङ इभेन्ट हो, जसले साहसिक पर्यटन उद्योगी र व्यवसायीहरूलाई एकै ठाउँमा भेला भई आफ्ना अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्रदान गर्दछ। यो कार्यक्रम विभिन्न यात्रा गन्तव्यहरूको प्रोत्साहन, ट्राभल अपरेटर र डेस्टिनेशन म्यानेजमेन्ट कम्पनीहरूको साझेदारी र नयाँ व्यापारिक अवसरहरूको खोजीका लागि एक प्रमुख मञ्चको रुपमा रहेको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register