कसले फाल्यो निन्दा खोलामा नवजात शिशु ?

झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ । निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ [...] The post कसले फाल्यो निन्दा खोलामा नवजात शिशु ? appeared first on Jhapa Online.

Nov 14, 2024 - 16:18
 0
कसले फाल्यो निन्दा खोलामा नवजात शिशु ?

झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ ।

निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो । प्रसाईंले इलाका प्रहरी कार्यालय धुलाबारीमा आज दिउँसो उक्त शिशु बुझाउनु भएको थियो ।

उक्त शिशु मेचीनगर नगरपालिका १० नं. वडा कार्यालयलाई जिम्मा बुझाइएको छ । शिशुको अवस्था सामान्य रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post कसले फाल्यो निन्दा खोलामा नवजात शिशु ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register