नेपाल टेलिकमको नाफा र ईपीएस दुवै घट्यो (विवरणसहित)

काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको खुद नाफा १४.२० प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २ करोड ७४ लाख […]

Nov 15, 2024 - 02:47
 0
नेपाल टेलिकमको नाफा र ईपीएस दुवै घट्यो (विवरणसहित)

काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको खुद नाफा १४.२० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशतले बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशतले घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ५.४९ प्रतिशतले घटेको छ । कुल आम्दानी घटेकै कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफामा दबाब पुगेको हो ।

यस अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register