नाफा बढे पनि हिमालय रिको ईपीएस भने घट्यो (विवरणसहित)

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २९.२२ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ […]

Nov 15, 2024 - 03:35
 0
नाफा बढे पनि हिमालय रिको ईपीएस भने घट्यो (विवरणसहित)

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २९.२२ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्षा अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस १ रुपैयाँ ३० पैसाले घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ । 

असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ । 

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register