नेपालबाट पहिलोपटक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

काठमाडौँ । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ । भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल […]

Nov 15, 2024 - 07:53
 0
नेपालबाट पहिलोपटक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

काठमाडौँ । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो ।

यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ ।

भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुन् । नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।

नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ । बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register