पीएल सिंहलाई अन्तिम बिदाइ गर्दै बालेनले भने– उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्नमा स्व प्रेमलाल (पीएल) सिंहको अतुलनीय योगदान रहेको जनाएको छ । सोमबार निधन भएका सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा कामपाका प्रमुख (मेयर) बालेन शाह र उपप्रमुख सुनीता डङ्गोलले उनको योगदानको स्मरण गरेका थिए । स्थानीय स्वायत्त शासन ऐन […]

Dec 17, 2024 - 01:35
 0
पीएल सिंहलाई अन्तिम बिदाइ गर्दै बालेनले भने– उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्नमा स्व प्रेमलाल (पीएल) सिंहको अतुलनीय योगदान रहेको जनाएको छ ।

सोमबार निधन भएका सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा कामपाका प्रमुख (मेयर) बालेन शाह र उपप्रमुख सुनीता डङ्गोलले उनको योगदानको स्मरण गरेका थिए । स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ छ ।

‘प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय निर्वाचनबाट काठमाडौं नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो,’ महानगर प्रमुख शाहले भने ।

चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै प्रमुख शाह र उपप्रमुख डंगोलले पूर्वप्रमुख सिंहको पार्थिव शरीरलाई बिदाइ र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

विसं १९९६ चैत ११ गते जन्मिएका सिंहको पेटमा अल्सर भएपछि गतवर्ष शल्यक्रिया गरिएको थियो । सिंहको कार्यकालमा घोषणा भएको महानगर ३०औँ वर्ष प्रवेश गरेको अवसरमा उनलाई गत मङ्सिर २९ गते कामपाले सम्मान गरेको थियो ।

स्वास्थ्य प्रतिकूलताका कारण उनी सम्मान ग्रहण गर्न समारोहमा आउन सकेका थिएनन् । स्व सिंहले ३०औँ महानगर दिवसमा शुभेच्छा भने प्रकट गरेका थिए ।

सम्बन्धित समाचार :

लखतीर्थमा पूर्वमेयर सिंहको अन्त्येष्टि, भाइले दिए दागबत्ती

पीएल सिंह : प्रजातन्त्रका लागि पटक–पटक जेलदेखि भारतमा निर्वासनसम्म

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register