जर्जियाको एक रेस्टुरेन्टमा निसास्सिएर १२ जनाको मृत्यु

काठमाडौं । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ। पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानीय प्रहरीले बताएका छन्। प्रारम्भिक परीक्षणहरूले शवमा हिंसाको कुनै निशान नदेखाएको र यो अकल्पनीय दुर्घटना भएको […]

Dec 17, 2024 - 03:58
 0
जर्जियाको एक रेस्टुरेन्टमा निसास्सिएर १२ जनाको मृत्यु

काठमाडौं ।

जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ। पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानीय प्रहरीले बताएका छन्।

प्रारम्भिक परीक्षणहरूले शवमा हिंसाको कुनै निशान नदेखाएको र यो अकल्पनीय दुर्घटना भएको प्रहरीले जनाएको छ। रिसोर्टमा बिजुली गए पछि तेलबाट चल्ने जेनेरेटर खोलिएको थियो र सोही कारण उनीहरूको निसास्सिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रेस्टुरेन्टको भवनको दोस्रो तल्लामा शव फेला परेको थियो।

अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको र पीडितहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। गुडौरी स्कीइङ र स्नो बोर्डिङ उत्साहीहरूका लागि लोकप्रिय पर्यटक गन्तव्य हो, जहाँ सबै तहका आगन्तुकहरूको लागि शीतकालीन खेल गतिविधि गर्न पुग्ने गर्छन् ।

गुडौरी समुद्री सतहबाट करिब २,२०० मिटर उचाइमा रहेको पहाडहरूमा अवस्थित छ र जर्जियाको राजधानी टिबिलिसीबाट लगभग १२० किमी उत्तरमा अवस्थित रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register