समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नभई जगबाटै उमार्नु पर्ने विषय भएको बताएका छन् । सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नक्कल गर्ने विषय पनि नभएको बताएका हुन् । ‘समाजवाद नक्कल गरेर, कुनै पार्टी विशेषले […]

Nov 15, 2024 - 13:11
 0
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नभई जगबाटै उमार्नु पर्ने विषय भएको बताएका छन् । सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नक्कल गर्ने विषय पनि नभएको बताएका हुन् ।

‘समाजवाद नक्कल गरेर, कुनै पार्टी विशेषले दस्ताबेजमा लेखेर आउने होइन जगबाटै उमार्ने र निर्माण गर्न कुरा हो’, प्रचण्डले भने– ‘उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’

उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका अवस्थामा चिनिए पनि विगत ५०, ६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताए । ‘हरेक विषयको नक्कल गरेर होइन, हाम्रै जग, विशेषता र इतिहासमा हाम्रा पुर्खाले विकास गरेको प्रविधि र अर्थतन्त्रको जगमा टेकेर आधुनिक समाजवादको निर्माण गर्नुछ’, उनको भनाइ छ ।

उनले समाजवादप्रति आस्था राख्ने सबैलाई घिमिरेको पुस्तक पढ्न र चिन्तन मनन गर्न विशेष अपिल गर्दै उक्त पुस्तकले समाजवादबारे नयाँ बहस सुरु गरेको बताए । ‘समाजमा समाजवादबारे तीन धारणा रहेका छन् । एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने । दोस्रो अनुभववादी तरिकाले हेर्ने । र तेस्रो व्यवहारवादी धारणा’, प्रचण्डले भने– ‘त्यसमध्ये आफू र सोमत घिमिरेले भनेको तेस्रो धारणा हो ।’

कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए । जनता दल वा सरकारका अनुयायी र विरोधी मात्र होइन, सरकार कस्तो बताउने भन्ने विषयमा स्वयं जनताले सक्रिय हस्तक्षेप र नेतृत्व गर्नसक्ने संरचनाको विकासविना समाजवादी व्यवस्था दिगो नहुने पनि उनले स्पष्ट गरे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register