बहिर्गमनपछि असदको पहिलो वक्तव्य-मेरो सिरिया छोड्ने मनसाय थिएन

काठमाडौं । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले बहिर्गमनपछि पहिलोपटक वक्तव्य जारी गरेका छन् । सिरियाली राष्ट्रपति कार्यालयको टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा असदले आफूले देश छाड्न नचाहेको उल्लेख गरेका छन्।  सो च्यानल अहिले कसको नियन्त्रणमा छ भन्ने स्पष्ट नभएको बीबीसीले लेखेको छ । आठ दिनअघि सिरियाबाट बहिर्गमन भएका उनले कुनै योजना नबनाउँदै अपर्झट देश छाड्नुपरेको उल्लेख […]

Dec 16, 2024 - 14:31
 0
बहिर्गमनपछि असदको पहिलो वक्तव्य-मेरो सिरिया छोड्ने मनसाय थिएन

काठमाडौं । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले बहिर्गमनपछि पहिलोपटक वक्तव्य जारी गरेका छन् ।

सिरियाली राष्ट्रपति कार्यालयको टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा असदले आफूले देश छाड्न नचाहेको उल्लेख गरेका छन्।  सो च्यानल अहिले कसको नियन्त्रणमा छ भन्ने स्पष्ट नभएको बीबीसीले लेखेको छ ।

आठ दिनअघि सिरियाबाट बहिर्गमन भएका उनले कुनै योजना नबनाउँदै अपर्झट देश छाड्नुपरेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

सिरियाको राजधानी दमास्कस विद्रोहीहरूले कब्जा गरेपछि आफू सरकारको पकड रहेको लताकिया प्रान्तमा अवस्थित रुसी सैन्य अखडामा गएको उनले उल्लेख गरेका छन् । त्यहाँबाट सैन्य कारबाही चलाउने आफ्नो योजना रहेको उनले बताएका छन्। तर, त्यहाँ पुगेर हेर्दा सिरियाली सैनिकहरूले आफ्नो ठाउँ छोडिसकेको उनको भनाइ छ।

त्यतिबेला रुसी सैन्य अखडामा पनि ड्रोन आक्रमण हुन थालेपछि रुसी अधिकृतहरूले आफूलाई मस्कोमा एयरलिफ्ट गर्ने निर्णय गरेका थिए, उनी भन्छन् ।

उनी भन्छन्,  ‘यी घटना घटिरहँदा कुनै पनि विन्दुमा मैले पद छाड्ने वा शरण लिनेबारे सोचेको थिइनँ। न त त्यस्तो प्रस्ताव कसैले ल्याएको नै थियो।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register