डिजेल र मट्टितेलको मूल्‍य बढ्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य  शनिबार मध्यराति १२ बजेदेखि लागू हुने  निगमले जनाएको छ । निगमका अनुसार  चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र […]

Nov 15, 2024 - 15:11
 0
डिजेल र मट्टितेलको मूल्‍य बढ्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

बढेको मूल्य  शनिबार मध्यराति १२ बजेदेखि लागू हुने  निगमले जनाएको छ ।

निगमका अनुसार  चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।  काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ कायम भएको निगमले जनाएको  छ ।

पेट्रोलको मुल्‍य भने यथावत रहेको निगमले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register