गाजामा राखिएको एक इजरायली बन्धकको नयाँ भिडियो सार्वजनिक

एजेन्सी ।  हमाससँग सम्बद्ध प्यालेस्टिनी लडाकू समूहले यस हप्ताको सुरुमा पहिलो भिडियो प्रकाशित गरेपछि सन् २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ । बुधबार जारी गरिएको अघिल्लो भिडियोमा आफन्तहरूले पहिचान गरेका ट्रुपानोभले इजरायलको शासक गठबन्धनका सदस्य सेफार्डी अल्ट्रा–अर्थोडक्स पार्टी सासका नेता आर्यह डेरीसमक्ष आफू र गाजामा रहेका […]

Nov 15, 2024 - 15:35
 0
गाजामा राखिएको एक इजरायली बन्धकको नयाँ भिडियो सार्वजनिक

एजेन्सी ।  हमाससँग सम्बद्ध प्यालेस्टिनी लडाकू समूहले यस हप्ताको सुरुमा पहिलो भिडियो प्रकाशित गरेपछि सन् २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ ।

बुधबार जारी गरिएको अघिल्लो भिडियोमा आफन्तहरूले पहिचान गरेका ट्रुपानोभले इजरायलको शासक गठबन्धनका सदस्य सेफार्डी अल्ट्रा–अर्थोडक्स पार्टी सासका नेता आर्यह डेरीसमक्ष आफू र गाजामा रहेका अन्य बन्धकहरूलाई मुक्त गर्न सहयोग गर्न अपिल गरेका थिए।

सास पार्टीले यहुदी धार्मिक कर्तव्यअनुसार सम्भव भएसम्म बन्धकहरूलाई मुक्त गराउन सहयोग गर्दछ । सेप्टेम्बरमा डेरीले बन्धकहरूलाई फिर्ता ल्याउने कार्यलाई ‘पवित्र कर्तव्य’ भनेर वर्णन गरेका थिए ।उन्तिस वर्षीय ट्रुपानोभ रूस–इजरायली द्विनागरिक हुन् । उनलाई गाजा सीमामा निर ओज किब्बुत्जबाट उनकी प्रेमिका सापिर कोहेनसँगै अपहरण गरिएको थियो ।

उनका आमा र हजुरआमा पनि अपहृत भएका थिए र नोभेम्बर २०२३ मा एक हप्ताको युद्धविराम र बन्धक–कैदी विनिमयमा मुक्त भएका थिए ।उनका पिता भिटाली सन् २०२३ को अक्टोबर ७ को आक्रमणमा मारिएका थिए । उक्त आक्रमण इजरायलको इतिहासमै सबैभन्दा घातक थियो । यो अब इस्लामिक जिहादद्वारा जारी गरिएको ट्रुपानोभको चौथो भिडियो हो।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पछिल्लो क्लिप सार्वजनिक हुनुअघि गरेको टिप्पणीमा ट्रुपानोभ र अर्का बन्धक म्याक्सिम हर्किनको रिहाइको आह्वान गरेका थिए। “हामी प्यालेस्टिनी समूहहरूद्वारा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल र बिना शर्त रिहाइका लागि हाम्रा देशवासीहरूलाई प्राथमिकता दिएर हाम्रो आह्वान दोहोर्याउँछौँ”, उनले भने ।

पैँतिस वर्षीय रुसी–इजरायली नागरिक हर्किनलाई नोभा सङ्गीत महोत्सवमा अपहरण गरिएको थियो । उक्त आक्रमणका क्रममा दुई सय २१ बन्धक अपहरण गरिएका थिए । तीमध्ये केही मृत अवस्थामा थिए । सन्तानब्बे जना अझै पनि बन्धक बनाइएका छन् भने ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ तर तिनीहरूको शव गाजामै छन् ।

इजरायली आधिकारिक तथ्याङ्कको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार सात सय ६४ मानिसको मृत्यु भएको थियो । एएफपी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register