पोखरामा १० पुसदेखि थाई-बक्सिङ प्रतियोगिता

गण्डकी । शक-यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता गरिने भएको छ । व्यावसायिक खेलकुदमा विश्वकै आकर्षक मध्येको एक ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा गर्न लागिएको हो । खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । […]

Dec 16, 2024 - 13:27
 0
पोखरामा १० पुसदेखि थाई-बक्सिङ प्रतियोगिता

गण्डकी । शक-यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता गरिने भएको छ ।

व्यावसायिक खेलकुदमा विश्वकै आकर्षक मध्येको एक ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा गर्न लागिएको हो । खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी गरी पाँच वटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहनेछ । प्रतियोगितामा जुनियर/सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ कूल ४२ फाइट तय गरिएको छ ।

प्रतियोगिताको पुरुष ‘प्रोफेशनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको विजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने जनाइएको छ ।

त्यसैगरी अन्य फाइटमा महिला र पुरुषतर्फ ८/८ विजेताले नगद रु १५ हजार र उपविजेताले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् । पुरुषतर्फ कोमेन इभेन्टका विजेताले नगद रु २५ र उपविजेताले रु १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ ।

पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक उपहार प्रदानसँगै आवासको सुविधा उपलब्ध गराइने र तीन जना उदीयमान खेलाडीहरूलाई नगदसहित सम्मान गरिने जनाइएको छ । नेपाल राष्ट्रिय मुवाँथाई सङ्घ र गण्डकी प्रदेश मुवाथाई सङ्घको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्ने जनाइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register