नेपाल बैंकर्स संघको अध्यक्षमा सर्वसम्मत हुँदै कोइराला

काठमाडौं ।  वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत चयन  हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष हुन् । अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले  मनोनयन दर्ता गराएपनि सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने […]

Dec 16, 2024 - 13:43
 0
नेपाल बैंकर्स संघको अध्यक्षमा सर्वसम्मत हुँदै कोइराला

काठमाडौं ।  वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत चयन  हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष हुन् ।

अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले  मनोनयन दर्ता गराएपनि सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।

शेरचनको उम्मेदवारी  फिर्ता भएसँगै कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुने भएका हुन् । पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएपनि यसपटक भने दुई जनाको उम्मेदवारी परेको थियो ।

पुस ३ गते हुने संघको ३८ औं वार्षिक  साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register