खेलकुद तथा आपतकालिन राहत कोषका लागि साझा नेपाली समाज यूकेको च्यारिटी

लन्डन । मिडल्याण्डमा सक्रिय एउटा सामाजिक संस्था साझा नेपाली समाज यूकेले गत सोमबार भव्य रुपमा च्यारिटी डिनर आयोजना गरेको छ । खेलकुद तथा आपतकालिन राहत कोषका लागि आयोजित उक्त च्यारिटी सांझ लेष्टरको जंगल क्लव रेष्टुरेन्ट सभा हलमा भएको हो । च्यारिटी कार्यक्रमबाट संकलित रकम पारदर्शी रुपमा नेपाली समाजका लागि खेलकुद र नेपालको पश्चिम जाजरकोटमा भएको […]

Nov 15, 2024 - 22:28
 0
खेलकुद तथा आपतकालिन राहत कोषका लागि साझा नेपाली समाज यूकेको च्यारिटी

लन्डन । मिडल्याण्डमा सक्रिय एउटा सामाजिक संस्था साझा नेपाली समाज यूकेले गत सोमबार भव्य रुपमा च्यारिटी डिनर आयोजना गरेको छ ।

खेलकुद तथा आपतकालिन राहत कोषका लागि आयोजित उक्त च्यारिटी सांझ लेष्टरको जंगल क्लव रेष्टुरेन्ट सभा हलमा भएको हो ।

च्यारिटी कार्यक्रमबाट संकलित रकम पारदर्शी रुपमा नेपाली समाजका लागि खेलकुद र नेपालको पश्चिम जाजरकोटमा भएको प्रलयकारी भूकम्पबाट क्षतविच्छेद कुनै एक भौतिक संरचना बनाउन सहयोग 
गर्ने समाजले जनाएको छ ।

साझा नेपाली समाज यूकेलाई सहयोगको प्रस्ताव सम्बन्धित ठाउंबाट आइसकेको र विद्यालय भवनको कोठा वा स्वास्थ्य चौकीको कोठा कुन 
संरचनामा सहयोग गर्ने पछि निर्णय गरिने समाजको भनाइ छ ।

महासचिव शशांक शर्माले सञ्चालन गरेको औपचारिक कार्यक्रम समाजका अध्यक्ष दिपक सापकोटा, कार्यक्रम संयोजक एवं ट्रष्टी रणबहादुर खाति क्षेत्री, ट्रष्टी संयोजक महेश अधिकारी, संस्थापक अध्यक्ष शंकर भण्डारी, ट्रष्टी गोमा पौडेल, ट्रष्टी एवं उपसंयोजक नारायण फुयाल, ट्रष्टी केशव भण्डारी, ट्रष्टी कृष्णप्रसाद शर्मा, समाजका पूर्व अध्यक्ष गंगाधर गौतम लगायतले उद्घाटन गरेका थिए ।

सो अवसरमा श्रृजनशील लेस्टर नेपाली समाजका अध्यक्ष एवं साझा नेपाली समाज यूकेका सदस्य पुण्डरी अर्यालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा सहभागी र कलाकारहरुलाई पुष्पगुच्छा, खादा र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालका राष्ट्रिय ख्यातिप्राप्त कलाकात्रय रविन लामिछाने, रेजिना परियार र रुबिना अधिकारीले मनोरन्जन प्रदान गरेका थिए । सो अवसरमा हल, म्यूजिक र खाना जंगल क्लवको टिम र कलाकार व्यवस्थापन लोकनाथ अधिकारीले गरेका थिए ।

च्यारिटीमा इंग्ल्याण्डको लन्डन, केन्ट, रेडिङदेखि ग्लास्गो, एडिनवर्ग, डब्लिन, कार्डिफसम्मका अभियन्ताहरु सहभागी थिए । मिडल्यान्डस्थित नेपाली संघसंस्थाहरु नेपाली समाज नटिङ्गम, श्रृजनशील लेस्टर नेपाली समाज, ऊल्भरह्याम्टन हाम्रो नेपाली समाज, पिटरबरो नेपाली समाज, शान्ति नेपाली समाज, ग्रान्थाम नेपाली समाज, याड्ली सेलिहुल नेपाली समाज, डर्वी नेपाली समाज, कभेन्ट्री नेपाली समाज आदिका प्रतिनिधि समेत कार्यक्रममा सहभागी भएको समाजले जनाएको छ ।

संस्थाका ट्रष्टी एवं च्यारिटी डिनर संयोजक रणबहादुर खाति क्षेत्रीले च्यारिटीमा करिब ८ हजार पाउण्डको प्रतिवद्धता आएको जनाउंदै सहयोगी सबै दाता र च्यारिटी सफल बनाउन सघाउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले विशेषगरि च्यारिटीका लागि अहोरात्र खटिने समाजका अध्यक्ष दिपक सापकोटा, उपसंयोजक नारायण फुयाल, महासचिव शशांक शर्मा, श्रृजनशील लेस्टर नेपाली समाजका अध्यक्ष एवं साझा नेपाली समाज यूकेका सदस्य पुण्डरी अर्याल, संस्थापक अध्यक्ष एवं ट्रष्टी शंकर भण्डारी, पूर्व अध्यक्ष एवं ट्रष्टी संयोजक महेश अधिकारी, ट्रष्टी गोमा पौडेल, ट्रष्टी केशव भण्डारी, ट्रष्टी एवं निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, ट्रष्टी दयानिधि सापकोटा, पूर्व अध्यक्ष गंगाधर गौतम र राजु कंडेल, कार्यसमितिका उपाध्यक्षत्रय राम प्रसाद पन्थी, शिव खरेल, शम्भु प्रसाद अर्याल, सचिव सुरेश केसी, कोषाध्यक्ष उपेन्द्र पौडेल, सह कोषाध्यक्ष उपेन्द्र सापकोटा, महिला संयोजक माया खरेल प्रधान लगायतलाई धन्यवाद दिए ।

साझा नेपाली समाजले स्थापनाकालबाटै नेपाली समुदायका लागि आर्थिक र सामाजिक सहयोग गर्दे आएको छ ।

संस्थाका ट्रष्टी एवं च्यारिटी डिनर संयोजक रणबहादुर खाति क्षेत्री

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register