एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्ट अन्तिम चरणको तयारिमा, सबैलाई रमाइलो दौडमा सामेल हुन आमन्त्रित

गत ५ फरवरी २०२२ शनिबारको दिन गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदले पत्रकार सम्मेलन गर्दै भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारिमा पुगेको र सहभागी हुनेहरूको संख्या बढिरहेकोले साईन अप गर्ने म्याद आउदो फरवरी ९ तारिख सम्म थपियो । 

Feb 6, 2022 - 05:35
 0
एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्ट अन्तिम चरणको तयारिमा, सबैलाई रमाइलो दौडमा सामेल हुन आमन्त्रित

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्ट अन्तिम चरणको तयारिमा सहभागिताको लागि साईन अप आउदो फरवरी ९ तारिख बन्द हुने । 

गत ५ फरवरी २०२२ शनिबारको दिन गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदले पत्रकार सम्मेलन गर्दै भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारिमा पुगेको र सहभागी हुनेहरूको संख्या बढिरहेकोले साईन अप गर्ने म्याद आउदो फरवरी ९ तारिख सम्म थपियो । 

भर्चुअल रनफेष्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले स्वास्थ्य नै धन भन्ने नाराका साथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउन सहयोग पुग्ने बताए । महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले इभेन्ट आयोजना गरेका हौँ र भविष्यमा यसलाई अझ बृहत बनाउने र भौतिक रूपमै एभरेष्ट रन वा अरु कुनै पनि सबै समुदाय वा भाषीहरुलाई पनि सहभागिता गराउन सकिने  नाममा निरन्तरता दिने सोँच रहेको अध्यक्ष गुरूङले भने । उनले यस रनफेस्टमा सहभागिता जनाएर सहयोग गर्न सबैलाई अपिल गरे ।
यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको कार्यले संस्थागत गतिविधिलाई सिर्जनात्मक ढंगले बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो रनफेस्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थप सहयोग पुग्ने अध्यक्ष मगरले भने । 

प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्यबारे जनचेतना पर्वाह गर्न र कोरोना महामारीको समयमा सबैलाई भयबाट मुक्त बनाउन रनफेष्टको आयोजना गरिएको बताए । उनले यूकेबाहेक जापान, यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको बताए । उनले थप सहभागिता वृद्धि गर्न भन्दै फेब्रुअरी ९ तारिख बिहानसम्म नाम दर्ताका लागि समयवधी बढाइएको पनि जनाए । उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको समेत जानकारी दिए । रनफेष्ट ९९ प्रतिशत नेपाली मूलका समुदायबाट अनलाइन रजिष्टर भएको जानकारि गराए र आयोजकले करिब पाँच सय जना सहभागी गराउने लक्ष्य रहेको र जुन संख्याको निकट पुग्न लागेको पनि जानकारी दिए ।

रनफेष्ट अन्तर्गत https://nrna-escc.org/sign-up/  मा गएर नाम दर्ता गर्न सकिने छ । दर्ता गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म एक पटक पाँच किलोमिटर दौडेर, हिँडेर वा साईकल गरेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा Submit your result भित्र पसेर बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाण-पत्र र मेडल प्रदान गरिने छ । 
ब्रेक्स्ली नेपाली समाजबाट करिब ६० जनाले फेब्रुअरी तेस्रो साताभित्र दौडेर ऐक्यबद्धता जनाउन लागेको प्रवक्ता डा. विशाल गुरूङले बताए । यसैगरी, विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेस्ष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको जानकारि दिए । 

साँझ ७:३० बाट सुरु भएर ९ बजे सकिएको उक्त पत्रकार सम्मेलनलाई सहसचिव अहिल्या कुँवरले सञ्चालन गरेकी थिइन भने प्रवक्ता डा. विशाल गुरूङले स्वागत मन्तव्य राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal