अहिलेसम्म रास्वपाले कतैपनि दिएन उम्मेदवारी, आफ्नो उम्मेदवारमाथि धम्की आएको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवारमाथि धम्की र दुर्व्यवहार भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार उजुरी दर्ता गर्दै हुम्ला र मधेस प्रदेशमा आफ्ना उम्मेदवारलाई सुरक्षित वातावरण नदिएको गुनासो गरे । रास्वपाका अनुसार, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापा र उनका श्रीमान् बल […]

Nov 17, 2024 - 08:11
 0
अहिलेसम्म रास्वपाले कतैपनि दिएन उम्मेदवारी, आफ्नो उम्मेदवारमाथि धम्की आएको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवारमाथि धम्की र दुर्व्यवहार भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार उजुरी दर्ता गर्दै हुम्ला र मधेस प्रदेशमा आफ्ना उम्मेदवारलाई सुरक्षित वातावरण नदिएको गुनासो गरे ।

रास्वपाका अनुसार, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापा र उनका श्रीमान् बल थापामाथि मंसिर १ गते दिउँसो करिब १ बजे दुर्व्यवहार भएको थियो ।

थापालाई करिब अपहरण शैलीमा घरबाट जबरजस्ती लगेको र त्यसपछि गाउँमा खैलाबैला मच्चिएको पार्टीको भनाइ छ ।

रास्वपाले घटनाबारे हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई सूचना दिएको र प्रहरी परिचालन भइसकेको जनाएको छ । तर, असुरक्षाका कारण थापा उम्मेदवारी दर्ता गर्न सक्ने अवस्थामा नरहेको पार्टीले बताएको छ ।

रास्वपाले उक्त घटनामा नेपाली कांग्रेसका स्थानीय सदस्यहरू संलग्न रहेको दाबी गरेको छ । उजुरीमा स्थानीय स्रोतहरूको हवाला दिँदै कांग्रेस कार्यकर्ताहरूको भूमिका भएको भनिएको छ ।

रास्वपाले मधेस प्रदेशमा पनि आफ्ना उम्मेदवारमाथि धम्की दिने र मनोवैज्ञानिक दबाब सिर्जना गर्ने काम भएको बताएको छ । पार्टीले यस्तो गतिविधिले स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण खल्बलिने चेतावनी दिएको छ ।

यो समाचार तयार पार्दासम्म रास्वपाले कतै पनि उम्मेदवारी दिएको छैन । कीर्तिपुरमा नदिने बताइसकेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register