नेपाल पहिलोपटक ब्लाइन्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । नेपाल पाकिस्तानमा जारी ब्लाइन्ड क्रिकेट (दृष्टिविहीनको क्रिकेट) टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ६ देश सहभागी विश्वकपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलोपटक सेमिफाइनल पुगेको हो । नेपालले आइतबार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो । पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले […]

Dec 1, 2024 - 01:11
 0
नेपाल पहिलोपटक ब्लाइन्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । नेपाल पाकिस्तानमा जारी ब्लाइन्ड क्रिकेट (दृष्टिविहीनको क्रिकेट) टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

६ देश सहभागी विश्वकपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलोपटक सेमिफाइनल पुगेको हो ।

नेपालले आइतबार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ ।

लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो ।

पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

लिग चरणमा नेपाल पाकिस्तानसँगै श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । दक्षिण अफ्रिका र अफगानिस्तानलाई भने हराएको थियो । नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।

सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले विश्वकप खेलेका हुन् ।

नेपालले सन् २०१२ देखि ब्लाइन्ड क्रिकेट विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।

यसअघि नेपालले तीन संस्करणका विश्वकप खेले पनि सेमिफाइनलसम्म पुग्न सकेको थिएन ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register