कीर्तिपुरमा उम्मेदवार छानेको रास्वपाले दर्ता गराएन मनोनयन, स्वतन्त्र उम्मेदवारको माहोल देखेर भयो ब्याक

निर्दलीय उम्मेदवार मानवको अरू दलका उम्मेदवार सहरको प्रचारले पनि किर्तिपुरमा रास्वपाले उम्मेदवार नदिएको चर्चा छ ।रास्वपाका केही नेताहरूका अनुसार, मानवको समर्थनमा माहोल अझै बलियो भएमा पार्टीले उनैलाई सहयोग गर्ने निर्णय लिनेछ ।

Nov 17, 2024 - 08:35
 0
कीर्तिपुरमा उम्मेदवार छानेको रास्वपाले दर्ता गराएन मनोनयन, स्वतन्त्र उम्मेदवारको माहोल देखेर भयो ब्याक

काठमाडौं । इलाम उपचुनावमा जमानत गुमाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कीर्तिपुरको मेयरका लागि पनि उम्मेदवारी नदिने बताएको छ ।

मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

उप निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारीको आवेदन लिएको रास्वपाले जयराम कार्कीलाई उम्मेदवार चयन गरेर पनि मनोनयन दर्ता गराएन । चुनावी प्रचार समेत थालेको थियो ।

अन्तमा सबै कार्यक्रम रद्ध गर्दै उम्मेदवारी दिएन । स्वतन्त्र उम्मेदवारमध्ये कसैलाई समर्थन गर्ने पार्टीले निर्णय लिने सभापति विष्टले बताए ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

तीनदलसहति स्वतन्त्र उम्मेदवार राजमान मानव चर्चा किर्तीपुरमा छ । स्वतन्त्र (निर्दलीय) उम्मेदवार मानवको अरू दलका उम्मेदवार सहरको प्रचारले पनि किर्तिपुरमा रास्वपाले उम्मेदवार नदिएको चर्चा छ ।

रास्वपाका केही नेताहरूका अनुसार, मानवको समर्थनमा माहोल अझै बलियो भएमा पार्टीले उनलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सक्नेछ । यसबारे निर्णय केही दिनमा लिने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register