झापामा कांग्रेसको एक सय दिने अभियान

बिर्तामोड, २ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं एकसय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको बैठक एवं सयदिने अभियान अन्तरर्गत जिल्ला पार्टी कार्यालयमा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेता गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम, सांगठनिक अवस्था, सदस्यता नवीकरण [...] The post झापामा कांग्रेसको एक सय दिने अभियान appeared first on Jhapa Online.

Nov 17, 2024 - 11:54
 0
झापामा कांग्रेसको एक सय दिने अभियान

बिर्तामोड, २ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं एकसय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापाको बैठक एवं सयदिने अभियान अन्तरर्गत जिल्ला पार्टी कार्यालयमा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेता गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम, सांगठनिक अवस्था, सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया, बैठक, सम्मेलन, कार्यतालिका, अभिलेखीकरण, भातृ तथा शुभेच्छुक संघसंस्थाको क्रियाशिलता, स्थानीय सरकार पार्टी र जनप्रतिनिधिबीचको समन्वय, समसामयिक मुद्दा, महासमिति बैठकबाट पारित विषय, सरकार गठन र दलीय सहकार्य, पार्टीले लिएका अडान र जनसरोकारका बिषयमा पार्टीले अवलम्बन गर्नुपर्ने सन्दर्भका बारेमा बृहत छलफल हुने बताउनुभयो ।

‘यसले संगठनलाई बलियो र एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ’–नेता गिरीले भन्नुभयो–‘अभियान सफल पार्नु हामी सबैको दायित्व हो, म नेता होइन, सहयोगी भएर आएको हुँ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले सयदिने अभियान अन्तरगत कोशी प्रदेश सम्मेलन र ‘कचनकबल–सगरमाथा यात्रा’ कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

कचनकबल–सगरमाथा यात्राका क्रममा सबै नेता कार्यकर्ता एवं जनताको सामाजिक, आर्थिक अवस्था, जनजीवन, विकास निर्माण, सांगठनिक अवस्था बुझिने र सोही अनुरुप पार्टीको नीति तथा कार्यक्रमहरु बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । अभियान अन्तरगत मंसिर २२ गते कोशी प्रदेश सम्मेलन र पुष १६ मा कचनकबल–सगरमाथा यात्रा प्रारम्भ गर्ने उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वडा तहमा खटिनुभएका जिल्ला प्रतिनिधिहरुलाई वडा, टोलसम्म पुगेर केन्द्रले लिएको नीति र अभियान अनुरुप कार्य गर्न आग्रह गर्नुभयो । वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुने बताउँदै सभापति थेवेले वडातहबाटै संगठन सुदृढीकरणमा लाग्न प्रतिनिधिहरुलाई आह्वान गर्नुभएको होे ।

यसैबीच सभापति थेवेले आगामी मंसिर १६ गते उपनिर्वाचन अन्तगत कनकाई वडा नम्बर ६ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेद्वार रामगोपाल ओलीलाई अत्यधिक मतले विजयी गराउन कनकाई ६ का जनसमुदायमा अपिल गर्दै उहाँको पक्षमा माहौल सिर्जना गर्न पार्टीका नेता÷कार्यकर्तालाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलामा स्वागत उपसभापति केशवराज पाण्डेले, धन्यवाद ज्ञापन उपसभापति शेरबहादुर भट्टराईले र सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको सचिव नवीन विमलीले जानकारी दिनुभयो ।

यसैबीच पार्टीको सयदिने अभियान अन्तरगत नेपाली कांग्रेस झापाले टोलदेखि क्षेत्रस्तरसम्मका कार्यक्रम तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ मंसिर ११ गतेदेखि २२ गतेसम्म वडा र टोलसमितिको बैठकपश्चात १३१ वटै वडाको वडा भेला सम्पन्न गर्ने, मंसिर २४ गते भातृ तथा शुभेच्छुक संघसंस्थाको जिल्लास्तरीय भेला, मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म गाउँ÷नगर भेला एवं सम्मेलन, पौष ६ गतेदेखि १० गतेसम्म पाँचवटै क्षेत्रको क्षेत्रीय भेला, कार्यक्रम तय गरिएको छ । साथै पौष १६ गते मेलमिलाप दिवसको अवसर पारेर सयदिने अभियान समापन एवं जिल्ला भेला सम्पन्न गरिने नेपाली कांग्रेस झापाले जनाएको छ ।

The post झापामा कांग्रेसको एक सय दिने अभियान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register