राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब कमायो, खर्च छुट्याएर सरकारलाई ३७ अर्ब २२ करोड बुझाउने ! 

काठमाडौँ । पछिल्लो एक वर्षमा नेपाल राष्ट्र बैंकले साढे ७३ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल ८३  अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।  राष्ट्र बैंकले आर्जन गरेको उक्त खुद नाफाको विवरण आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ ।  राष्ट्र बैंकले अर्थ मन्त्रालयमा […]

Nov 18, 2024 - 02:41
 0
राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब कमायो, खर्च छुट्याएर सरकारलाई ३७ अर्ब २२ करोड बुझाउने ! 

काठमाडौँ । पछिल्लो एक वर्षमा नेपाल राष्ट्र बैंकले साढे ७३ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल ८३  अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

राष्ट्र बैंकले आर्जन गरेको उक्त खुद नाफाको विवरण आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । 

राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा राष्ट्र बैंकले आर्जन गरेको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २१.९६ प्रतिशत धेरै भएको उल्लेख गरिएको छ । 

यस वर्ष खुद मुनाफाबाट आवश्यक कोषहरूमा राख्नु पर्ने रकम छुट्याएर ३७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत राष्ट्र बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register