कीर्तिपुरमा खुद्रा व्यापारीलाई भ्याइनभ्याई, चियाको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरु)

काठमाडौँ । मंसिर १५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रुपमा सञ्चालन भइरहेको छ । क्रिकेटको महामहोत्सवका रुपमा लिइएको एनपीएल हेर्न दैनिक हजारौँ दर्शक कीर्तिपुरको त्रिवि क्रिकेट रंगशाला पुग्ने गरेका छन् । एनपीएलका कारण कीर्तिपुरमा चहलपहल बढेसँगै खुद्रा व्यापार पनि ह्वात्तै बढेको छ । कीर्तिपुर खेल मैदान वरिपरी विभिन्न खुद्रा व्यापार (मःम […]

Dec 8, 2024 - 05:12
 0
कीर्तिपुरमा खुद्रा व्यापारीलाई भ्याइनभ्याई, चियाको व्यापार ह्वात्तै बढ्यो (तस्विरहरु)

काठमाडौँ । मंसिर १५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रुपमा सञ्चालन भइरहेको छ । क्रिकेटको महामहोत्सवका रुपमा लिइएको एनपीएल हेर्न दैनिक हजारौँ दर्शक कीर्तिपुरको त्रिवि क्रिकेट रंगशाला पुग्ने गरेका छन् ।

एनपीएलका कारण कीर्तिपुरमा चहलपहल बढेसँगै खुद्रा व्यापार पनि ह्वात्तै बढेको छ । कीर्तिपुर खेल मैदान वरिपरी विभिन्न खुद्रा व्यापार (मःम स्टल, चिया पसल, चाउचाउ र पानीको पसल) चम्किएको छ ।

अझ चिसो मौसम भएकाले चिया र चुरोटको व्यापार झनै बढेको व्यापारीहरु बताउँछन् । एनपीएलकै कारण व्यापार फस्टाएपछि खुद्रा व्यापारीहरु पनि मख्ख छन् । अझ चिया, चुरोट र मःमको माग त धान्नै मुस्किल पर्ने गरेको व्यापारीहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register