सार्वजनिक बिदाको निर्णय ढिलो आउँदा सरकारी बैंकका कर्मचारी घर फर्किए, प्राइभेटमा चर्चा- ‘आइहालियो, काम गरौँ’

काठमाडौँ । सोमबार सार्वजनिक बिदाको निर्णय ढिलो आउँदा बैंक पुगेका अधिकांश बैंकर काम गर्ने कि घर फर्किने भन्ने अन्यौलमा छन् । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय ढिलो आउँदा बैंक पुगिसकेका बैंकरहरु अन्यौलमा परेका हुन् ।  सार्वजनिक बिदाको निर्णय आउनुअघि नै कतिपय बैंकरहरुले त अफिस पुगेर काम नै सुरु गरिसकेका थिए । […]

Nov 18, 2024 - 05:05
 0
सार्वजनिक बिदाको निर्णय ढिलो आउँदा सरकारी बैंकका कर्मचारी घर फर्किए, प्राइभेटमा चर्चा- ‘आइहालियो, काम गरौँ’

काठमाडौँ । सोमबार सार्वजनिक बिदाको निर्णय ढिलो आउँदा बैंक पुगेका अधिकांश बैंकर काम गर्ने कि घर फर्किने भन्ने अन्यौलमा छन् । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय ढिलो आउँदा बैंक पुगिसकेका बैंकरहरु अन्यौलमा परेका हुन् । 

सार्वजनिक बिदाको निर्णय आउनुअघि नै कतिपय बैंकरहरुले त अफिस पुगेर काम नै सुरु गरिसकेका थिए । तर, काम सुरु गरिसकेपछि सरकारले बिदाको निर्णय गरेपछि बैंकर थप रनभुल्लमा परेका छन् । 

यसो त गृह मन्त्रालयले समेत सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णयसँगै सम्पूर्ण सरकारी कार्यालय बन्द हुने बताइसकेको छ । सोही अनुसार सरकारी बैंकहरु पनि बन्द रहनेछन् । यसबीचमा कार्यालय पुगेका सरकारी बैंकका कर्मचारीहरु घर फर्किएका छन् । 

तर, प्राइभेट बैंकमा भने आफिस नै आइसकेपछि काम गर्ने कि भन्ने चर्चा भइरहेको एक बैंकले बताएका छन् । ती बैंकरका अनुसार बैंक कर्मचारी र उच्च पदस्थ कर्मचारीबीच यस विषयमा छलफल भइरहेको छ । ‘अफिस पुगिसकेपछि बिदाको सूचना आयो । अब के गर्ने भन्ने बारेमा छलफल हुँदैछ ।’, ती बैंकरले अर्थ सरोकारसँग भने, ‘कतिपयले अब अफिस आइहालियो, काम गरौँ भन्नुभएको छ । अब हेरौँ के हुन्छ ?’

यता बैंकका कर्मचारी मात्र होइन, विभिन्न संघसंस्था र प्राइभेट संस्थमा पनि यही अन्यौलता देखिएको छ । केहीले अफिस नै आएपछि ‘हाफ डे’ भए पनि काम गर्ने तयारी गरेका छन् भने केही कार्यालय पुगेर पनि घर फर्किएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register