भारतको नयाँ गभर्नर बने मल्होत्रा, नयाँ नीति आउने अनुमान

काठमाडौँ । सञ्जय मल्होत्रा भारतको नयाँ गभर्नर बनेका छन् । भारतीय रिजर्भ बैंक (आरबिआई)का गभर्नर शक्तिकान्त दासको कार्यकाल सकिएसँगै मल्होत्रा आरबिआईका नयाँ गभर्नर बनेका हुन् । गभर्नर दासको कार्यकाल मंगलबार सकिएको छ । त्यसलगत्तै आरबिआईको नयाँ गभर्नरमा मल्होत्रा नियुक्त भएका हुन् । मल्होत्राले बुधबारदेखि कार्यभार सम्हाल्नेछन् । यसअघि वित्त मन्त्रालयका राजश्व सचिव रहेका मल्होत्राको आगमनसँगै […]

Dec 11, 2024 - 02:11
 0
भारतको नयाँ गभर्नर बने मल्होत्रा, नयाँ नीति आउने अनुमान

काठमाडौँ । सञ्जय मल्होत्रा भारतको नयाँ गभर्नर बनेका छन् । भारतीय रिजर्भ बैंक (आरबिआई)का गभर्नर शक्तिकान्त दासको कार्यकाल सकिएसँगै मल्होत्रा आरबिआईका नयाँ गभर्नर बनेका हुन् ।

गभर्नर दासको कार्यकाल मंगलबार सकिएको छ । त्यसलगत्तै आरबिआईको नयाँ गभर्नरमा मल्होत्रा नियुक्त भएका हुन् । मल्होत्राले बुधबारदेखि कार्यभार सम्हाल्नेछन् ।

यसअघि वित्त मन्त्रालयका राजश्व सचिव रहेका मल्होत्राको आगमनसँगै आरबिआईले निजी क्षेत्रमैत्री बैंकिङ नीतिहरु अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।

करिब ३३ वर्ष सरकारी सेवामा बिताएका मल्होत्रासँग ऊर्जा, वित्त, कर, सूचना प्रविधि र खानीलगायत विभिन्न क्षेत्रहरूमा काम गरेको अनुभव छ । उनको समयमा ब्याजदर सरलीकृत भएर मुद्रास्फीति नियन्त्रणमा रहन सक्ने विश्लेषण भएको छ । मल्होत्रा भारतका २६औँ गभर्नर हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register