५ वर्षदेखि लुम्बिनीमा अलपत्र विद्युतीय बस डोनेसन बक्स राखेर सञ्चालन 

बुटवल।  सुन्दा पनि अचम लाग्ने तर व्यवहारमा देखिएसंगै विश्वास गर्ने पर्ने परि दृष्टान्त भएको छ लुम्बिनीमा  । दातृ निकायले दिएर ५ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस आज बिहीबार देखि सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेश सरकार, प्रशासन ,यातयात व्यवस्था कार्यालय, लुम्बिनी विकास कोष बीच भएको समझदारीवाट तत्कालका लागि गाडीभित्र डोनेसन बक्स राख्ने र […]

Dec 19, 2024 - 08:52
 0
 ५ वर्षदेखि लुम्बिनीमा अलपत्र विद्युतीय बस डोनेसन बक्स राखेर सञ्चालन 

बुटवल। 

सुन्दा पनि अचम लाग्ने तर व्यवहारमा देखिएसंगै विश्वास गर्ने पर्ने परि दृष्टान्त भएको छ लुम्बिनीमा  । दातृ निकायले दिएर ५ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस आज बिहीबार देखि सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेश सरकार, प्रशासन ,यातयात व्यवस्था कार्यालय, लुम्बिनी विकास कोष बीच भएको समझदारीवाट तत्कालका लागि गाडीभित्र डोनेसन बक्स राख्ने र यात्रुहरूले स्वेच्छाले भाडा तिर्न मिल्ने गरी बस संचालनमा ल्याईएको हो । एसियाली विकास बैंक (एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिए पनि सञ्चालन कार्यविधि नभएको भन्दै संघीय सरकारबाट नै स्वीकृति नभएपछि त्यसै थन्किएका थिए ।

लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि यसलाई सञ्चालनको निर्णय गरे पनि यातायात व्यवस्था कार्यालयले सेतो नम्बर प्लेटमा रहेका यी गाडी सञ्चालनको कुनै कार्यविधि नभएको भन्दै रोकेको थियो । तत्कालीन मुख्यमन्त्री लीला गिरीले अन्तिम समयमा यो निर्णय गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन ।

लुम्बिनीका बर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले केही महिनाअघि लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई बोलाएर जसरी पनि यी गाडी सञ्चालन गर्न र त्यसको कानुनी प्रक्रिया आफूले मिलाउने बताएका थिए।  तर, सरकारी नियम पूरा नगरी कोषका पदाधिकारी तथा कर्मचारीहरू यसलाई अघि बढाउन चाहेका थिएनन् । अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारकाल लामाले आजदेखि आंशिक रूपमा विद्युतीय बस सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।

दुईवटा बस परीक्षणका रूपमा सञ्चालन गर्ने र आगामी १ जनवरीदेखि सबै पाँच वटा बस पूर्ण रूपमा सञ्चालनमा ल्याउने उपाध्यक्ष डा. ल्हारकाले बताए। दुईमध्ये एउटा बस बुटवल–गौतम बुद्ध विमानस्थल–लुम्बिनी रुटमा र अर्को नेपाल–भारत सीमानाका बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनीसम्म सञ्चालन गर्ने उपाध्यक्ष लामाले बताए। परीक्षणका रूपमा चलाइएका बसको भाडा भने तोकिएको छैन। गाडीभित्र राखिएको डोनेसन बक्समा र यात्रुले स्वेच्छाले भाडा तिर्न सक्ने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।

गौतम बुद्ध विमानस्थल निर्माणमा ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुद्ध सर्किट घुमाउने प्रयोजनका लागि १२ करोडमा पाँच वटा बस र १४ वटा भ्यान (ट्याक्सी) उपलब्ध गराएको थियो। सबै बस कोष परिसरमा थन्किएका छन्। सवारीसाधन चार्ज गर्न लुम्बिनीमै सोलार प्लान्टसमेत जडान गरिएको छ । चार्जिङ स्टेसन बनाए पनि बस सञ्चालन नहुँदा उक्त प्लान्ट पनि अलपत्र छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register