दूध विकास संस्थानले कोटा निर्धारण गरेपछि धादिङमा दूध पोखियो, संकलन नै बन्द

धादिङ। धादिङमा दूध विकास संस्थानले कोटा निर्धारण गरेपछि किसानले दूध बिक्री गर्न नसकेर संकलन गरिएको दूध पोख्न बाध्य भएका छन्। जिल्लाकै कृषि मन्त्री रामनाथ अधिकारी र कृषि मन्त्रीको आफ्नो पत्याइएको मानिस सूर्यप्रसाद पौडेल कार्यकारी निर्देशक नियुक्ति गर्दा समेत धादिङका किसानले दूध बिक्री गर्न नसकेर संकलन गरिएको दूध पोख्न बाध्या भए भने दूध संकलन केन्द्रले दूध […]

Nov 18, 2024 - 08:22
 0
दूध विकास संस्थानले कोटा निर्धारण गरेपछि धादिङमा दूध पोखियो, संकलन नै बन्द

धादिङ।

धादिङमा दूध विकास संस्थानले कोटा निर्धारण गरेपछि किसानले दूध बिक्री गर्न नसकेर संकलन गरिएको दूध पोख्न बाध्य भएका छन्। जिल्लाकै कृषि मन्त्री रामनाथ अधिकारी र कृषि मन्त्रीको आफ्नो पत्याइएको मानिस सूर्यप्रसाद पौडेल कार्यकारी निर्देशक नियुक्ति गर्दा समेत धादिङका किसानले दूध बिक्री गर्न नसकेर संकलन गरिएको दूध पोख्न बाध्या भए भने दूध संकलन केन्द्रले दूध संकलन बन्द गरेको छ ।

किसनलाई सहुलियत उपलब्ध गराएर कृषि तर्फ आकर्षित नागरिकलाई यसबाट पनि केही गर्न सकिन्छ भन्ने  योजना निति ल्याएर कार्यान्वयन गर्नु पर्नेमा दूध किसानहरु विगतको तुलनामा झन् समस्यामा परेका छन् ।

नियमित दूध संकलन गरेर दूध बिक्री गर्दै आएका धादिङका किसानहरुको संख्या बढ्दै गएपनि अहिले कोटा निर्धारण गरेर दूध विकास संस्थानको महादेबबेसी चिलिङ सेन्टरले दूध किन्न छाडेपछि धादिङबेसीमा लगातार ५ दिनदेखि दूध कुहिने अवस्था आएको छ ।

जिल्लाका १७ स्थानबाट संकलन गरेर राखिएको दूध फल्नु पर्ने बाध्यता आएपछि आइतबार १ हजार लिटर दूध फाल्नु परेको धादिङ डेरीका रामजी खनालले बताए ।

संकलन गरेको दूध स्थानीय बजारमा बिक्री गरेर बढी हुने भएपछि दूध विकास संस्थानले सस्तो मूल्यमा खरिद गरेर लाने र एक वर्षपछि पैसा दिने गरेको थियो। तर, अहिले खरिद गर्नका लागि समेत चिस्यान केन्द्रलाई थोरैमात्र कोटा निर्धारण गरेपछि धादिङबेसीको दूध बिक्री हुन छाडेको हो ।

२० वर्ष देखि धादिङबेसीमा दूध व्यवसाय संचालन गर्दै आएका रामजी खनाल दूध बिक्री गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र हुन् । उनको अगुवाईमा कृषि मन्त्री धादिङमै सांसद  भएपछि खुसी भएर किसानले फाइदा पाउने कार्यक्रम ल्याउन र उत्पादन गरेजति दूध सरकारले किन्ने वातावरण बनाउन पहल गरेका थिए।

  पटक पटकको छलफल र बैठक पछि मन्त्री अधिकारी, दूध विकास संस्थानको कार्यकारी निर्देशक पौडेल, दूध संकलन गर्ने सहकारीहरु, स्थानीय सरकारका प्रतिनिधिसमेतको छलफलबाट धादिङबेसीा एउटा दूध संकलन र चिस्यान केन्द्र खोल्ने अनौपचारिक निर्णय समेत भएको थियो । यो कार्यान्वयन  नै भएन ।

पशुपति दूध उत्पादक सहकारीले दूध संकलन गर्ने र महादेबबेसीमा रहेको दूध विकास संस्थानको चिलिङ सेन्टरले दूध लिने सहमति कात्तिक २१ गते निर्णय नै भएको थियो । केही दिन दूध लिएपछि पाँच दिनदेखि महादेबबेसी चिलिङ सेन्टर दूध नलिएका कारण किसानहरु संकलन गरिएको दूध समेत पोख्न बाध्य भएका हुन् । महादेबबेसी चिलिङ सेन्टरले कात्तिक २९ गतेबाट जम्मा एक हजार लिटर दुधको कोटा आएको भन्दै धादिङबेसी क्षेत्रको दूध लिन छाडेको छ । यदि किसानहरुलाई प्रोत्साहित गर्ने हो भने बिक्रीका लागि धादिङमा २० हजार लिटर दूध केही दिनमै जम्मा हुन सक्छ ।

धादिङबेसीमा अहिले ८ हजार लिटर दूध बिक्री हुन्छ । यसबाहेक दैनिक धादिङबेसीबाट २ हजार लिटर दूध अहिलेपनि खिर्रे, ठाँटी, पिपलनलाङ, बैरेनी, सुन्दरपानी, बतासे, आपलाडाँडा, ढोला, रामपुर, चैनपुर, पाल्पा भञ्ज्याङ, साङकोष, तारुखर्क, सुनौलाबजार, पतेनी, खाल्टे, साङकोष धादिङबेसी संकलन केन्द्रबाट संकलन भएको दूध उठ्न नसकेपछि ८ सय किसानहरुले दूध बिक्री बन्द भएको छ । धादिङबेसीको धादिङडेरीमा अझै चार हजार लिटर दूध स्टक बसेको र संकलन गरेर राख्ने ठाउँ समेत नभएकोले दूध संकलन बन्द गर्नु परेको धादिङ डेरीका रामजी खनालले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register