नेपाल वायुसेवा निगमको जहाज सि–चेकपश्चात् युराेपबाट आइपुग्यो नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु)को जहाज नियमित सि–चेकको मर्मतपश्चात् काठमाडौं आइपुगेकाे निगमका प्रवक्ता रमेश पौडेलले म‌ंगलबार जानकारी दिए । जहाजले युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए)बाट मान्यता प्राप्त इटालीको मर्मत र ओभरहाल सङ्गठनबाट अन्तर्राष्ट्रिय विधिसम्मत […]

Nov 19, 2024 - 05:07
 0
नेपाल वायुसेवा निगमको जहाज सि–चेकपश्चात् युराेपबाट आइपुग्यो नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु)को जहाज नियमित सि–चेकको मर्मतपश्चात् काठमाडौं आइपुगेकाे निगमका प्रवक्ता रमेश पौडेलले म‌ंगलबार जानकारी दिए ।

जहाजले युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए)बाट मान्यता प्राप्त इटालीको मर्मत र ओभरहाल सङ्गठनबाट अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरेर सेवामा रिलिजको प्रमाणपत्र प्राप्त गरेकाे उनले बताए ।

उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरूको संगठन ईयूमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाज युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएकाे बताए ।

उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register