स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

Nov 19, 2024 - 05:31
 0
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । यही मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ ।

आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने आयोगले बताएको छ ।

यसैगरी सोहीदिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register