कालिकोटमा जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु, उद्धार चल्दै

काठमाडौं । कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलेरो जीप पलाँता गाउँपालिका वडा नम्बर ३ राडुनेटा भन्ने स्थानमा आइतबार दिउँसो साढे २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद […]

Nov 10, 2024 - 10:52
 0
कालिकोटमा जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु, उद्धार चल्दै

काठमाडौं । कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलेरो जीप पलाँता गाउँपालिका वडा नम्बर ३ राडुनेटा भन्ने स्थानमा आइतबार दिउँसो साढे २ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार मृतकको संख्या अझै यकिन हुन सकेको छैन । ‘स्थानीयले ८ देखि ९ जनाको मृत्यु भएको बताएका छन्, अझै स्पष्ट हुन सकेको छैन ।’ उनले नेपालभ्युजलाई भने ।

उक्त जीप ग्रामीणस्तरमा चल्ने गरेको जानकारी प्राप्त भएको पनि उनले बताए । दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले प्रहरी, सेनाको टोली गएको छ । दुर्घटनामा केही घाइते भएको र उनीहरुको उद्धारका लागि गृह मन्त्रालयसँग हेलिकप्टर माग गरिएको पनि उनले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register