रुघाखोकीबाट बच्न पिउनुहोस् तुलसीको काढा

एजेन्सी । जब मौसम चिसो हुन थाल्छ, सुरुमा हामी न्यानो कपडा लगाउन हेलचेक्र्याइँ गर्छौँ । यस्तो अवस्थामा रुघाखोकी वा जाडो लाग्न धेरै समय लाग्दैन । रुघाखोकी र संक्रमणबाट बच्न घरमै तुलसीको काढा बनाएर पिउन सकिन्छ । तुलसीको काढाले यी मौसमी समस्यालाई टाढा राख्नुका साथै प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । तुलसीको काढा बनाउनको लागि तपाईंलाई १० […]

Nov 7, 2024 - 09:51
 0
रुघाखोकीबाट बच्न पिउनुहोस् तुलसीको काढा

एजेन्सी । जब मौसम चिसो हुन थाल्छ, सुरुमा हामी न्यानो कपडा लगाउन हेलचेक्र्याइँ गर्छौँ । यस्तो अवस्थामा रुघाखोकी वा जाडो लाग्न धेरै समय लाग्दैन ।

रुघाखोकी र संक्रमणबाट बच्न घरमै तुलसीको काढा बनाएर पिउन सकिन्छ । तुलसीको काढाले यी मौसमी समस्यालाई टाढा राख्नुका साथै प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

तुलसीको काढा बनाउनको लागि तपाईंलाई १० देखि १५ वटा तुलसीका पात, अदुवाको टुक्रा, मरीच, ३ वटा ल्वाङ, दालचिनीको सानो टुक्रा, २ देखि ३ कप पानी र स्वादअनुसार मह आवश्यक पर्छ ।

अब एउटा भाडामा पानी उमालेर त्यसमा तुलसीका पातहरू हाल्नुहोस् र मह बाहेक अरू सामग्री एक–एक गरी हाल्न सुरु गर्नुहोस् ।

५ देखि ७ मिनेटसम्म मध्यम आगोमा पकाएपछि भाँडो छोप्नुहोस् र कम आगो गरेर काढा १० देखि १५ मिनेटसम्म पकाउनुहोस् । त्यसपछि उक्त पानीलाई कपमा छान्नुहोस् र अलिकति मह मिसाएर तातो नै पिउनुहोस् । दिनमा १ देखि २ पटक मात्र यसको सीमित मात्रामा सेवन गर्नुहोस् ।

फाइदा-

  • तुलसीको काढाले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ,
  • रुघाखोकी र जाडोजस्ता समस्यामा यो काढा रामवाण औषधी हुनसक्छ,
  • कब्जियत वा पेट दुखाइको समस्या पनि हट्छ,
  • तुलसीको एन्टी–भाइरल गुणले सानोतिनो रोगलाई टाढा राख्छ,
  • तनाव कम गर्न पनि काढा प्रभावकारी हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register