धनगढी पुगेका गृहमन्त्रीको सुरक्षा निकायलाई निर्देशन– उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नू

धनगढी । गृहमन्त्री रमेश लेखकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । कैलालीको धनगढीमा मंगलबार शुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले स्थानीय तहको उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्षय र स्वतन्त्र सम्पन गर्न अहिलेदेखि नै तयारी आवश्यक रहेको बताए । गृहमन्त्री लेखकले देशमा बहुलवादसहितको शासन […]

Nov 19, 2024 - 06:49
 0
धनगढी पुगेका गृहमन्त्रीको सुरक्षा निकायलाई निर्देशन– उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नू

धनगढी । गृहमन्त्री रमेश लेखकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

कैलालीको धनगढीमा मंगलबार शुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले स्थानीय तहको उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्षय र स्वतन्त्र सम्पन गर्न अहिलेदेखि नै तयारी आवश्यक रहेको बताए ।

गृहमन्त्री लेखकले देशमा बहुलवादसहितको शासन व्यवस्था रहेको बताउँदै यसलाई व्यवस्थित र सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए ।

लामो समयपछि सुदूरपश्चिम प्रदेशमा सुरक्षा गोष्ठीको आयोजना भएको स्मरण गर्दै उनले अब औपचारिकताभन्दा पनि परिणाम आउने गरी अगाडि बढ्ने बताए । ।

प्रदेशका ९ वटै जिल्लाको सुरक्ष अवस्था, अपराध नियन्त्रण र कानुन कार्यान्वयनको अवस्थालाई आत्मसाथ गर्दै आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुने गृहमन्त्री लेखकले बताए । प्रदेशमा संविधान र कानुनबमोजिम नागरिकले सेवा पाउनु पर्नेमा उनले जोड दिए ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाहलगायत मन्त्री, प्रदेश सभा सदस्य सुरक्षा निकायका प्रमुख र मन्त्रालयका कर्मचारीको सभागिता रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register