के अर्जेन्टिना विश्वकपमा छनोट भएकै हो ?

काठमाडौं । आज (बुधबार) बिहान भएको विश्वकप फुटबलमा अर्जेन्टिनाले पेरूमाथि १–० गोलअन्तरको कठिन जित निकाल्यो । यससँगै नेपालका अधिकांश सञ्चारमाध्यमले अर्जेन्टिना सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकामा हुन गइरहेको विश्वकपमा छनोट भएको समाचार लेखे । तर विश्व फुटबल महासंघ (फिफा)ले यो समाचार तयार पार्दासम्म आधिकारिक पुष्टि गरेको छैन । अर्कोतिर विश्वभरका सञ्चारमाध्यहरूले पनि अर्जेन्टिना […]

Nov 20, 2024 - 06:59
 0
के अर्जेन्टिना विश्वकपमा छनोट भएकै हो ?

काठमाडौं । आज (बुधबार) बिहान भएको विश्वकप फुटबलमा अर्जेन्टिनाले पेरूमाथि १–० गोलअन्तरको कठिन जित निकाल्यो । यससँगै नेपालका अधिकांश सञ्चारमाध्यमले अर्जेन्टिना सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकामा हुन गइरहेको विश्वकपमा छनोट भएको समाचार लेखे ।

तर विश्व फुटबल महासंघ (फिफा)ले यो समाचार तयार पार्दासम्म आधिकारिक पुष्टि गरेको छैन । अर्कोतिर विश्वभरका सञ्चारमाध्यहरूले पनि अर्जेन्टिना आधिकारिक रुपमा विश्वकपमा छनोट भएको पुष्टि हुने गरी समाचार लेखेका छैनन् ।

‘पेरूलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोटनजिक,’ एपीले लेखेको छ ।

पेरूलाई जितेसँगै दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । उ विश्वकप छनोटनजिक पुगेको छ । अझ भनौ अर्जेन्टिना विश्वकपमा छनोट हुन अब ‘गणितीय अल्झन’ मात्र बाँकी छ । तर आधिकारिक रुपमा छनोट भएको भने छैन ।

घरेलु मैदान ला बोन्बोनेरामा भएको खेलमा अर्जेन्टिनाले पेरूमाथि १–० गोलअन्तरको कठिन जित निकालेको हो ।

खेलको ५५ औँ मिनेटमा लाउटारो मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा गोल गरेका थिए ।

पेरूमाथि विश्वविजेता अर्जेन्टिनाको कठिन जित

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register