गृहमन्त्रीको दाबी: जीबी राईलाई पक्राउ गर्ने काम अघि बढिरहेको छ, रविमाथि अमानवीय व्यवहार भएको छैन

मन्त्री लेखकले सहकारी ठगीको आरोप लागेका जीबी राईलाई पक्राउ गर्ने काम अघि बढिरहेको बताए । सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सरकार लागिपरेको उनको भनाइ छ।

Dec 15, 2024 - 08:35
 0
गृहमन्त्रीको दाबी: जीबी राईलाई पक्राउ गर्ने काम अघि बढिरहेको छ, रविमाथि अमानवीय व्यवहार भएको छैन

चितवन । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने गरी जथाभाबी नबोल्न गृहमन्त्री रमेश लेखकले जिम्मेवार दलका नेतालाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कानुनी हिसाबले अनुसन्धान भइरहेको घटनामा नबोल्न चेतावनी दिएका हुन् ।

केही दिन अगाडि चितवनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेमाथि प्रतिशोध राखेको भनी गरेको टिप्पणी गलत भएको बताएका थिए ।

‘प्रचण्ड’लक्षित भनाइ राख्दै गृहमन्त्री लेखकले यस्ता अभिव्यक्तिले अनुसन्धानलाई प्रभावित बनाउन खोजिएको दाबी गरे ।

कांग्रेस नेता डा.शेखर कोइरालाले पनि भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएकोमा आपत्ति जनाउँदै अमानवीय व्यवहार भएको बताएका थिए ।

लामिछानेमाथि कुनै अमानवीय व्यवहार नभएको स्पष्ट पार्दै अदालतलाई प्रभावित बनाउन गलत हल्ला फिजाएको भन्दै न्यायिक प्रक्रिया प्रभावित हुने गरी नबोल्न लेखकले आग्रह दिए ।

‘न्यायिक प्रक्रियालाई प्रभावित हुने गरेर नबोलौँ । चाहे सरकारमा रहेका नेताबाट होस् चाहे प्रतिपक्षी दलका नेताबाट होस् । कसैबाट पनि अदालतको न्यायिक प्रक्रिया प्रभावित हुने गरी बोल्नुहुन्न’ उनले भने ,‘प्रचण्डजीले जुन टिप्पणी गर्नुभयो त्यो दुर्भाग्यपूर्ण हो । त्यसरी टिप्पणी गर्नुहुन्न । कहाँनिर प्रतिशोध भएको छ त्यो देखाउनु पर्‍यो नि । कानुन पनि मान्दिन अदालत पनि मान्दिन मैले भनेको हुनपर्छ भन्ने हो भने यो संविधान कहाँ कानुनले भनेको भन्दा बढी अवधि थुनामा राखेको छ ? ’

मन्त्री लेखकले सहकारी ठगीको आरोप लागेका जीबी राईलाई पक्राउ गर्ने काम अघि बढिरहेको बताए । सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सरकार लागिपरेको उनको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register