सार्क क्षेत्रका विद्यार्थीलाई डा संगौलाको सुझाव – अमेरिकी भिसाको पछि नलाग्नुस्

काठमाडौं । अन्तर्राष्ट्रिय कानूनका विज्ञ प्रा. डा. युवराज संग्रौलाले दक्षिण एसियाली तथा चिनियाँ विद्यार्थीहरूलाई अमेरिकी भिसाको पछि नलागी स्थानीय विकासमा केन्द्रित हुन आग्रह गरेका छन् । काठमाडौं स्कुल अफ ल र रसियन हाउसद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा बहुध्रुवियता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. संग्रौलाले क्षेत्रीय विकासका प्रशस्त सम्भावनाहरू रहेको बताए । ‘भारत र चीनमा […]

Nov 20, 2024 - 06:59
 0
सार्क क्षेत्रका विद्यार्थीलाई डा संगौलाको सुझाव – अमेरिकी भिसाको पछि नलाग्नुस्

काठमाडौं । अन्तर्राष्ट्रिय कानूनका विज्ञ प्रा. डा. युवराज संग्रौलाले दक्षिण एसियाली तथा चिनियाँ विद्यार्थीहरूलाई अमेरिकी भिसाको पछि नलागी स्थानीय विकासमा केन्द्रित हुन आग्रह गरेका छन् ।

काठमाडौं स्कुल अफ ल र रसियन हाउसद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा बहुध्रुवियता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. संग्रौलाले क्षेत्रीय विकासका प्रशस्त सम्भावनाहरू रहेको बताए ।

‘भारत र चीनमा गाजरको ठूलो माग छ र नेपालमा यसको उत्पादनको उत्कृष्ट सम्भावना छ,’ उनले भने, ‘बरु गाजर उत्पादनमा लागौँ, अमेरिकी सपना त्यागौँ ।’

कार्यक्रममा चीन तथा सार्क क्षेत्रका विद्यार्थीलाई सहभागी थिए ।

डा संगौलाले विद्यार्थीहरूबाट आफ्नो देश र दक्षिण क्षेत्रकै सबलताका लागि लागिपर्ने प्रतिबद्धता समेत लिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ रचित मुरारकाले अबको समय दक्षिणको भएको बताए । उनका अनुसार पश्चिमी शक्तिहरू आफैँ चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् ।

ब्रिक्स विज्ञ परिषद्का प्रमुख पवन कुमारले ब्रिक्स राष्ट्र तथा दक्षिण एसियाली मुलुकहरूमा लगानीको सकारात्मक वातावरण बनिरहेको बताए ।

वक्ताहरूले पश्चिमी शक्तिलाई चुनौती दिँदै दक्षिणको हितलाई प्राथमिकता दिने कार्यमा ब्रिक्सले नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चीन, भारत, नेपाल, बंगलादेश लगायतका देशका प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूबीच बहुध्रुवीय विश्वको आवश्यकता र क्षेत्रीय सहकार्यका विषयमा गहन छलफल भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register