कीभस्थित अमेरिकी दुताबास अस्थायी रुपमा बन्द

काठमाडौं । अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ । बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुताबासलाई अस्थायी रुपमा बन्द गरेको छ । दुतबासले एक आकस्मिक सूचना दिदै दुताबास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ । पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द […]

Nov 20, 2024 - 07:40
 0
कीभस्थित अमेरिकी दुताबास अस्थायी रुपमा बन्द

काठमाडौं ।

अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ ।

बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुताबासलाई अस्थायी रुपमा बन्द गरेको छ ।

दुतबासले एक आकस्मिक सूचना दिदै दुताबास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ ।

पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द बढ्ने संकेत देखिएको छ । अमेरिकाले युक्रेनलाई आफुले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउदै आएको छ ।
 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register