दुर्गा प्रसाईंमाथि बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप, आधा दर्जन कसुरमा अनुसन्धान गर्दै सीआईबी ! 

काठमाडौँ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप लागेको छ ।  प्रसाईंले विभिन्न व्यक्ति प्रयोग गरेर बैंकर र व्यवसायीलाई धम्क्याएर फिरौती मागेको आरोपसहितको जाहेरी प्राप्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकारीले बताएका छन् ।  ती अधिकारीका अनुसार ‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न […]

Nov 20, 2024 - 09:11
 0
दुर्गा प्रसाईंमाथि बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप, आधा दर्जन कसुरमा अनुसन्धान गर्दै सीआईबी ! 

काठमाडौँ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप लागेको छ । 

प्रसाईंले विभिन्न व्यक्ति प्रयोग गरेर बैंकर र व्यवसायीलाई धम्क्याएर फिरौती मागेको आरोपसहितको जाहेरी प्राप्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार ‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले धम्क्याएर फिरौती मागेको जाहेरीमा उल्लेख छ । ‘प्रसाईंजी पक्राउ पर्नुअघि नै उहाँको नाममा धम्क्याएर असुली भइरहेको जाहेरी परेको छ ।’, ती अधिकारीले भने, ‘जाहेरी दिनेमा बैंकर व्यवसायी हुनुहुन्छ । जाहेरीका आधारमा थप अनुन्सन्धान गर्दैछौँ ।’ 

प्रधानमन्त्रीको नाम जोडेर अपुष्ट प्रमाणका आधारमा भ्रम फैलाएको भन्दै सीआईबीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट मंगलबार पक्राउ गरेको थियो । प्रसाईंमाथि आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register