न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमी घर भएकी २४ वर्षीया नविना दाहाल रहेकी छिन् । उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर न्युजील्याण्ड पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । विदेश पठाउने भनी […]

Nov 20, 2024 - 08:41
 0
न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमी घर भएकी २४ वर्षीया नविना दाहाल रहेकी छिन् ।
उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर न्युजील्याण्ड पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
विदेश पठाउने भनी रकम लिए पश्चात सम्पर्क विहिन भएको भन्दै पिडितले जाहेरी दिएका थिए । सोहि जाहेरीका आधारमा अनुसन्धान गर्दा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले टोलीले कार्तिक ३ गते काठमाडौँ महानगरपालिका वडा नं.  ०४ बाट पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register