बुधबार ९.०९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५  बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Nov 20, 2024 - 09:35
 0
बुधबार ९.०९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ३२ करोड ८१ लाख ९० हजार २ सय ५९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, गुराँस लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register