जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड हिनामिना, २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी !  

काठमाडौँ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनमा संलग्न रहेको आरोपमा २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको उच्च स्रोतले दिएको सूचनाअनुसार स्वर्णलक्ष्मीमा भएको सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।  स्रोतका अनुसार हाल परिसरले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर […]

Oct 30, 2024 - 03:07
 0
जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड हिनामिना, २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी !  

काठमाडौँ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनमा संलग्न रहेको आरोपमा २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको उच्च स्रोतले दिएको सूचनाअनुसार स्वर्णलक्ष्मीमा भएको सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

स्रोतका अनुसार हाल परिसरले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । यसअघि सहकारीका बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रहरी वृत्त कालिमाटीले उक्त ठगी प्रकरणबारे अनुसन्धान गरेको थियो । 

स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष पनि गितेन्द्रबाबु राई (जीबी राई) हुन् । सूर्यदर्शन सहकारीमा भएको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि परिसरले स्वर्णलक्ष्मीको समेत फाइल झिकाएर अनुसन्धान थालेको हो । ६ सय ४५ बचतकर्ताले दिएको जाहेरीका आधारमा उक्त सहकारीमा १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको अनुमान गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register