गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को इकाई निष्काशन

काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आइतबारबाट उक्त योजनाको सार्वजनिक रूपमा निष्काशन गरिएको हो । यो बन्दमुखी योजना हो । यसको आकार एक अर्ब रुपैयाँ रहेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ । […]

Dec 22, 2024 - 07:41
 0
गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को इकाई निष्काशन

काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आइतबारबाट उक्त योजनाको सार्वजनिक रूपमा निष्काशन गरिएको हो ।

यो बन्दमुखी योजना हो । यसको आकार एक अर्ब रुपैयाँ रहेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ । कुल निष्काशन मध्ये न्युनतम बिक्री हुनुपर्ने इकाई सङ्ख्या पाँच करोड हो भने अधिकतम सकारिने इकाई सङ्ख्या १२ करोड पचास लाख रुपैयाँ रहेको छ ।

योजनाको अवधि १० वर्षको रहेको छ । इच्छुक व्यक्तिले यहि पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागि लगानीकर्ताहरूले मेरोसेयर तथा सीआस्बा हुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ ।

यो योजना १० वर्षमा परिपक्व हुने जनाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register