प्रभु बैंकले यसपटक पनि लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै प्रभुका सेयरधनीको हात खाली भएको छ । उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण […]

Dec 22, 2024 - 08:14
 0
प्रभु बैंकले यसपटक पनि लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै प्रभुका सेयरधनीको हात खाली भएको छ ।

उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने भएको छ । प्रभुले आर्थिक वर्ष २०७९-८० मा पनि लाभांश वितरण गरेको थिएन । यसपटक पनि बैंकले लाभांश नदिएपछि सेयरधनी निराश भएका छन् ।

बैंकले अन्तिमपटक आर्थिक वर्ष २०७८-७९ को नाफाबाट ६. ५० प्रतिशत बोनस सेयर र १. ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register