हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत, अस्पताल पुर्‍याउनासाथ निधन !

काठमाडौं । हङकङबाट जहाजमा आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ । नेपाल वायुसेवा निगमको आरए ४०१ उडानमार्फत् काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षे देउमान लिम्बुको निधन भएको हो । एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । जहाजमा अचेत हुनुको कारण खुलेको छैन । विमानस्थलको आकस्मिक […]

Dec 22, 2024 - 08:05
 0
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत, अस्पताल पुर्‍याउनासाथ निधन !

काठमाडौं । हङकङबाट जहाजमा आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

नेपाल वायुसेवा निगमको आरए ४०१ उडानमार्फत् काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षे देउमान लिम्बुको निधन भएको हो ।

एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

जहाजमा अचेत हुनुको कारण खुलेको छैन । विमानस्थलको आकस्मिक सेवा हेर्ने टीमले केएमसी अस्पतालमा पठाइएको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register