महान टेनिस खेलाडी नाडालको करिअर अन्त्य

काठमाडौं । स्पेनी महान टेनिस खेलाडी राफायल नाडालले डेभिस कपमा हार बेहोरेपछि उनको सुनौलो करिअरको अन्त्य भयो । नेदरल्यान्डस्विरुद्ध मालागामा भएको खेलमा बोतिक भान डी जान्डस्चल्पसँग नाडाल ६–४, ६–४ ले पराजित भएका हुन् । साथै स्पेन पनि नेदरल्यान्डस् पराजित भएको थियो । त्यसो त ३८ वर्षीय खेलाडीले यसअघि नै संन्यासको घोषणा गरिसकेका थिए । २३ […]

Nov 21, 2024 - 03:22
 0
महान टेनिस खेलाडी नाडालको करिअर अन्त्य

काठमाडौं ।


स्पेनी महान टेनिस खेलाडी राफायल नाडालले डेभिस कपमा हार बेहोरेपछि उनको सुनौलो करिअरको अन्त्य भयो । नेदरल्यान्डस्विरुद्ध मालागामा भएको खेलमा बोतिक भान डी जान्डस्चल्पसँग नाडाल ६–४, ६–४ ले पराजित भएका हुन् । साथै स्पेन पनि नेदरल्यान्डस् पराजित भएको थियो ।

त्यसो त ३८ वर्षीय खेलाडीले यसअघि नै संन्यासको घोषणा गरिसकेका थिए । २३ वर्षको करिअरमा नाडालले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । टेनिसमा ग्रान्डस्लाम उपाधि नजितेमा ती खेलाडीको करिअर खासै राम्रो मानिँदैन । तर, नाडालले २२ पटक उपाधि जित्न सफल भए ।

उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीमा दोस्रो स्थानमा छन् । पहिलो नम्बरमा सर्बियाका नोभाक जोकोभिच छन् । जसले २४ ग्रान्डस्लाम उपाधि जितेका छन् । नाडालले खेल्न मन लागेको भन्दै बताए—साँचो कुरा के भने मलाई खेल्न त मन लाग्छ तर, मेरो शरीरले मलाई खेल्न पुग्यो भनेको छ ।


खेलपछि नाडालले मन छुने कुराहरु बताए । उनले केही समय कोर्टमा हेरिरहे । त्यसपछि केही भावुक बने । त्यहीबेला उनलाई सन्देश दिएका भिडियो देखाइएको थियो । फुटबलका सुपरस्टारहरु डेभिड बेकहाम, एन्ड्रेज इनिस्टा, राउल र सर्जियो गार्सियासहित टेनिसका महान खेलाडी रोजर फेडेरर, नोभाक जोकोभिच, सेरेना विलियम्स र एन्डी मुरेले उनलाई सन्देश दिएका थिए ।
नाडालको सुपर करिअर:

—‘किंग अफ क्ले’ उपनाम पाएका नाडालले फ्रेन्च ओपन सिंगल्समा १४ पटक उपाधि जितेको । पेरिसको रोलान्ड ग्यारोसमा उनले ११६ खेलमा ११२ खेल जितेको । यो रेकर्ड तोड्न मुश्किल हुनेछ ।
—कोही पनि खेलाडीले एउटै ग्रान्डस्लाम प्रतियोगिताको सिंगल्समा १४ उपाधि जितेका छैनन् ।
—नाडालले यूएस ओपनमा ४ पटक तथा अस्टे«लियन ओपन र विम्बल्डनमा २-२ पटक उपाधि जितेको । नाडाल क्ले कोर्टका राजा भएको हुँदा घाँसे कोर्टमा हुने विम्बल्डन र हार्ड कोर्ट अस्टे«लियनमा त्यति बढी उपाधि जित्न सकेनन् ।
—नाडालले बेइजिङ ओलम्पिक्स २००८ मा सिंगल्स र डबल्समा स्पेनलाई स्वर्ण दिलाएको ।
—स्पेनका लागि डेभिस कपमा ४ पटक उपाधि दिलाएको ।
—करिअरमा ९२ उपाधि जितेको ।
ग्रान्डस्लाम उपाधि
२ अस्टे«लियन ओपन २००९, २०२२
२ विम्बल्डन २००८, २०१०
४ यूएस ओपन २००८, २०१०
१४ फ्रेन्च ओपन २००५ देखि २००८, २०१०, २०१२ देखि २०१४, २०१७ देखि २०२०, २०२२

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register