गृहमन्त्री लेखकको दाबी– मन्त्री हेरफेर हुने कुरा खाली हल्ला मात्रै

धनगढी । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारका मन्त्री हेरफेर हुने कुरा खाली हल्ला मात्र भएको दाबी गरेका छन् । नेपाल प्रेस युनियन कैलालीले बिहीबार कैलालीकाे धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा उनले यस्तो दाबी गरेका हुन् । गृहमन्त्री लेखकले मन्त्री हेरफेरको विषय मन्त्रिपरिषद्मा अहिलेसम्म नचलेको बताए । ‘मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा […]

Nov 21, 2024 - 06:11
 0
गृहमन्त्री लेखकको दाबी– मन्त्री हेरफेर हुने कुरा खाली हल्ला मात्रै

धनगढी । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारका मन्त्री हेरफेर हुने कुरा खाली हल्ला मात्र भएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कैलालीले बिहीबार कैलालीकाे धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा उनले यस्तो दाबी गरेका हुन् ।

गृहमन्त्री लेखकले मन्त्री हेरफेरको विषय मन्त्रिपरिषद्मा अहिलेसम्म नचलेको बताए । ‘मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भएपनि आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन,’ उनले भने ।

सरकार र मन्त्रालयले गरेका कामको परिणाम बिस्तारै देखिन थालेकाले अहिले नै कुनै पनि मन्त्री फेरिने सम्भावना नरहेको लेखकको भनाइ छ । उनकै गृहमन्त्री पद जाँदैछ भन्ने हल्लाप्रति संकेत गर्दै लेखकले यस्तो स्पष्टीकरण दिएका हुन् ।

अर्को प्रशंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले)का फरक–फरक मान्यता देखिए पनि दुबै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।

बीआरआई अनुदानका रुपमा लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने आफ्नो दल कांग्रेसको औपचारिक निर्णय रहेको सुनाउँदै उनले यद्यपि यो विषय सहमतिकै आधारमा अगाडि बढ्ने संकेत गरे ।

‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेको छ । एमालेले पनि ऋणका रुपमा लिनुपर्छ भनेको छैन । यसकारण दुबै दलबीच छलफल चलिरहेको छ । सहमतिअनुसार नै सरकार अगाडि बढ्छ,’ उनले थपे ।

गृहमन्त्री लेखकले ८४ को निर्वाचनसम्म कांग्रेस–एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको पनि दाबी गरे । ‘बजारमा दिनैपिच्छे सरकार फेरिने हल्ला सुनिने गरेको छ । त्यो हल्ला मात्रै हो,’ उनले थपे ।

उनले गेटामा बन्ने सहिद दसरथ चन्द विश्वविद्यालयलाई सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताए ।

गृहमन्त्री लेखकले गृहजिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेकोसमेत जानकारी दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register