बिहीबार ३१.३१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Nov 21, 2024 - 09:29
 0
बिहीबार ३१.३१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६० रुपैयाँ २० पैसा बराबरको भएको छ ।

त्यस्तै, आजको बजारमा समदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, जानकी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register